Aamsanchar

नेपाल शिक्षक महासंघले अर्जुनधारा नगरपालिकामा बुझायो ३० बुंदे ज्ञापनपत्र

Author Image
आइतवार, असार ७, २०७७

अर्जुनधारा ।  नेपाल शिक्षक महासघं अर्जुनधारा नगरसमितिले अर्जुनधारा नगरपालिकालाई ३० बुंदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

शिक्षा क्षेत्रमा नगरपालिकाले लिएको नीति, योजना र कार्यक्रमका मुख्य कार्यन्वयनकर्ता शिक्षक तथा विद्यालयका कर्मचारी भएकाले आफ्नो पेशागत दायित्वबाट पछि नहट्ने भन्दै ज्ञापनपत्रमा अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बजेटमा नगरले शिक्षा क्षेत्रलाई प्रोत्साहन गर्नु पर्ने उल्लेख छ ।

बाल कक्षा शिक्षक र विद्यालय कर्मचारीलाई बिगत आर्थिक बर्षहरुमा नगरपालिकाले प्रदान गर्दै आएको पारीश्रमीक थप बृद्धि गरि राज्यले तोकेको न्यूनतम पारीश्रमीक बराबरको पारीश्रमीक दिर्नु पर्ने, अगामि आर्थिक बर्षमा एउटा नमुना प्राथमिक विद्यालय र प्रत्येक विद्यालयको एउटा कक्षा कोठालाई डिजिटल कक्षाको रुपमा विकास गर्नु पर्ने लगायतका माग सहितको ज्ञापनपत्र समितिले नगरलाई बुझाएको हो ।

नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिका अध्यक्ष पुण्य सुवेदी सहितको टोलीले नगरप्रमुख हरिकुमार राना र प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल लाई ज्ञापन पत्र बुझाएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)