Aamsanchar

कोरोना युद्धमा नेपाली सेना

Author Image
सोमवार, असार ८, २०७७

मुक्ती पौडेल

झापा । सधैँ विभिन्न विद्याका खेलाडी र स्थानीयले भरिभराउँ काँकरभिट्टा माविको खेलमैदानमा अहिले दर्जनौँ त्रिपालका क्याम्प देखिन्छन् ।

जहाँ नेपाली सेनाको बाक्लो उपस्थिति देखिन्छ । लाग्न सक्छ कुनै युद्ध जस्तो तर भौतिक युद्ध होइन । कोरोना संक्रमणबाट उत्पन्न कोभिड १९ लाई परास्त गर्ने युद्ध ।
नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चुलाचुलीको नेतृत्वमा रहेको सेनाको व्यवस्थापनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार, स्थानीय संघ–संस्थाको समेत समन्वय र सम्पूर्ण व्यवस्थापनमा नेपाली सेनाले कार्य सम्पादन गरिरहेको अड्डाका सहायक रथी डा. आशबहादुर तामाङले बताए । डा. तामाङका अनुसार नेपाली सेनाका क्याप्टेनको कमाण्ड रहेको छ । नेपाली सेनाले झापाको कचनकवल, कलवलगुढी र मेची क्याम्पसमा रहेको क्वारेन्टाइनको समेत व्यवस्थापन गर्दै आएको छ ।

डा.तामाङका अनुसार सीमावर्ती भारतबाट आउने नेपालीहरुलाई मेची पुलदेखिनै व्यवस्थापन गर्दै आएको सेनाले होल्डिङ सेन्टरमा आइपुगेका नागरिकका लागि वाईफाई, निःशुल्क एनटीसीको सिमकार्ड, महिलाका लागि सेनीटेरी प्याड, कन्ट्याक ट्रेसिङ, मेडिकल हिस्ट्रि, पारिवारिक विवरण, शौचालय, खानेपानी, आरडीटि, टेम्पेचर, टेन्टलगायतका सेवा प्रदान गरिन्छ । त्यसैगरी, ७ वटै प्रदेशका नागरिकलाई सहजताका लागि ७ वटा सम्पर्क क्याम छन् । आ–आफ्ना प्रदेशका नागरिकले आफ्नो बायोडाटाको विवरण सेनाले तयार गर्छ ।

अहिलेसम्म यो नाकाबाट नेपाल आउने मध्ये १० जनामा आरडीटी पोजिटिभ देखिएको थियो । उनीहरुलाई सम्बन्धित अस्पतालमा पठाइएको छ । जेठ २८ बाट शुरु गरेको होल्डिङ सेन्टरमा यो अवधिसम्म २ हजार भन्दा बढी सर्वसाधारण नागरिक भारतका विभिन्न प्रान्तबाट स्वदेश फर्किएको क्याप्टेन विजय काफ्लेले बताए । क्याप्टेन काफ्लेका अनुसार २४ घण्टा कोरोना संक्रमणबाट बच्न र आवश्यक सावधानीका विषयमा परामर्श दिइने गरेका छौँ । सीमावर्ती नाका भएकाले बढी खतरा हुन सक्ने सम्भावना पनि छ । तर, यहाँका नागरिक बढी सचेत रहेकाले हामीलाई काम गर्न सहज भएको छ ।

सेनाले व्यवस्थापन गरेको यो सेन्टरमा बस्ने र आउने नागरिकलाई खानाको व्यवस्थापन काँकरभिट्टा सोसाइटी नामक संस्थाले गर्दै आएको सोसाइटीका सदस्य दिपक पोखरेलले बताए । त्यहाँको व्यवस्थापनका लागि सहजीकरण स्थानीय तहले गर्दै आइरहेको मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर