Aamsanchar

लोक गायक भानु ओलीको असारे ‘वेठी गित’ सार्वजनिक

Author Image
बिहिवार, असार ११, २०७७

बिर्तामोड । असार पन्द्रको सन्दर्भ पारेर नयाँ असारे गित सार्वजनिक भएको छ ।

पूर्वेली लोकगायक भानु ओलीले असारै लाग्यो (रोपाई वेठी) बोलको लोक असारे गित आफ्नै युवटुव च्यानल भानु ओली अफिसियल मार्फत सार्वजनिक गरेका हुन ।
असारै लाग्योमा भानु ओली, लोचन भट्टराई, गीता ढुङगेलले श्वर दिएकाछन । रामजी थपाको सब्द रहेको छ भने संगीत भानु ओलीकै रहेको छ ।

लाईभ सनहिबाजा दिलकुमार भुसाल सहित आठराई नौमती बाजा समूहले बजाएको छ । त्यसैगरी टंक श्रेष्ठले छायाँकन गरेका छन, भिडियो सम्पादन सुभास लिम्बुको रहेको छ ।
हराउदै गरेको नेपालीे संकृतिको जगेर्ना गर्दै विभिन्न जातजाती परंपराका गितहरु रेकड गराईसकेका ओलीले हालसम्म १५० भन्दा धेरै लोक संस्कृति गीत रेकर्ड गराई सकेका छन् । उनिद्वारा गायिएका धेरै गीतहरु जनजिब्रोमा अहिले पनि झुण्डिईरहेको छ ।

पूर्वेली लोकभा गाउने गायक ओलीले गायका गीतहरु मध्ये सरमा सर, धनकुटाको सल्लेरी, जुल्फी मेरो, घिन्ताङ घिन्ताङ मारुनी, मादल झ््याम्टा देउसी भैलो,ओम सिरीराम वालन, लामपाते सुरती, मन भुल्यो, विनाको वासना, दमकी लौरी संगीनी, लोहोरी, आठराईको बोक मादल चर्चित गीत हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)