Aamsanchar

महिलाहरुका लागि क्वारेन्टिन सुरक्षित र व्यवस्थित बनाउन निर्देशन

Author Image
शुक्रवार, असार १२, २०७७

संसदीय समितिले क्वारेन्टिनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टिनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टिनहरु पूर्ण रुपमा महिला मैत्रि नभएकाले यौंन हिंसाका घटनाहरु बढेकोले मर्यादित र सुरक्षित क्वारेन्टिनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन् ।

सांसदहरुले क्वारेन्टिनहरु व्यवस्थित नभएको गर्भवति महिलाहरुको पीसीआर परीक्षण समयमै नहुदा समस्या भएको बताएका छन् । सांसद अमृता थापाले सुत्केरी महिलाहरुको पीसीआर रिपोर्ट ढिला आउँदा अप्रेसनमा समस्या हुने गरेको बताइन् । उनले पीसीआर परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताइन् । महिलाहरु रहेको क्वारेन्टिनको सुरक्षाका लागि महिला प्रहरीको आवश्यकता रहेको उनको भनाइ थियो । उनले महिला प्रहरीको अभाव देखिए म्यादी महिला प्रहरी भर्नाको व्यवस्था मिलाउनुपर्ने सुझाव दिइन् ।

सांसद हिरा गुरुङले क्वारेन्टिनहरुमा महिलामाथि हिंसाका घटना बढिरहेको अवस्थामा मन्त्रालयले के गरिरहेको छ भन्दै प्रश्न गरिन् ।

सांसद महेन्द्र कुमारी लिम्बुले महिलामाथि हुने हिंसाका घटनाहरुमा बोल्न नसक्ने मन्त्री र समिति सभापतिले राजीनामा दिनुपर्ने पर्ने बताइन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री समेत सहभागि कार्यक्रममा अर्का सांसद गंगा चौधरीले क्वारेन्टिनमै महिलामाथि हिंसाका घटनाहरु बढिरहेको भएपनि मन्त्रालय र समितिले तदारुकता नदेखाएको बताइन् । लकडाउनको समयमा सांसदहरुलाई आफ्नो गाउँ जान कुनै समस्या नभएपनि महिला हिंसा बढिरहेको क्षेत्रमा गएर अध्ययन गर्न के ले रोक्यो भन्दै उनले प्रश्न गरिन् । उनले महंगा कार्पेट किन्नु भन्दा सीप भएका महिलाहरुलाई प्रोत्साहन गरी स्थानीय स्तरमा उत्पादन हुने गुन्द्री प्रयोग गर्न आग्रह गरिन् ।

रातोपाटीबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर