Aamsanchar

एक ठाउँमा राख्ने भनिएको होल्डीङ सेन्टर अर्को ठाउँमा सारियो

Author Image
आइतवार, असार १४, २०७७

दुधे । शिवसताक्षी ११ दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माविमा विदेशदेखि आएका नेपालीहरुलाई राख्नका लागि तयार गरिएको होल्डिङ सेन्टर स्थानान्तरण भएको हो । अबभने होल्डिङ सेन्टर शिवसताक्षी ९ स्थित सतासी प्राथमिक विद्यालयमा रहेको छ । स्थानीयहरुको चौतर्फी विरोधका वावजुद उक्त विद्यालयमा राख्न सेन्टर सारिएको छ।

क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक भैरव कुमार श्रेष्ठले पछिल्लो समयमा शैक्षिक गतिविधिहरु बढ्ने क्रम शुरु भएसँगै उक्त विद्यालयबाट होल्डिङ सेन्टर हटाउने निर्णय भएको बताएकाछन् । उनी भन्छन् असार १५ देखि शिक्षण क्रियाकलाप गर्नुपर्ने भएकाले अर्को विद्यालयमा सारिएको हो । प्रावि पनि त विद्यालय नै त हो नि भनि प्रश्न गर्दा उनले सो विद्यालयमा विद्यार्थी संख्या न्यून भएकाले त्यसलाई व्यवस्थापन गर्न सकिने बताए ।

दूधेको राष्ट्रिय रमणीय आदर्श माविमा होल्डिङ सेन्टर निर्माण गर्न भनि करीब ५ लाख बराबरको बजेट निकासा भएको श्रेष्ठले जानकारी दिए । यसमा केही सामग्रीहरु विद्यालयमै छोडिने तथा केही सामग्रीहरु भने नयाँ होल्डिङ सेन्टरमा स्थानान्तरण गरिने बताईएको छ ।

राष्ट्रिय रमणीय आदर्श माविलाई होल्डिङ सेन्टर बनाउने निर्णय भएपछि दूधेबासीहरु रातभर विद्यालय परिसरमै रहेका थिए ।
यता, होल्डिङ सेन्टर सरेपछि अब अभिभावक तथा विद्यार्थीहरु निर्धक्क भएर विद्यालय आउन राष्ट्रिय रमणीय आदर्श माविका प्रअ कालीप्रसाद रिजालले जनाए । उनले भने, अब निर्धक्क भएर विद्यालय आउनुहोस्, नयाँ भर्ना लिने क्रम शुरु भएको छ । अब छिटै अध्ययन अध्यापन पनि गराइनेछ ।

हाल शिवसताक्षीमा भएको क्वारेन्टाइनमा ३२ जना रहेतापनि भारत लगायत अन्य देशहरुबाट स्थानीयवासीहरुको आउने क्रम बढिरहेको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 382

प्रतिक्रिया (०)

सम्बन्धित खबर