Aamsanchar

विश्वभर  रोटरीका नेतृत्वहरुले पदभार ग्रहण गदैं, झापाका ६ अध्यक्षहरु

Author Image
बुधवार, असार १७, २०७७

मेचीनगर । रोटरीको मान्यता अनुसार हरेक वर्षको जुलाई १ तारीख विश्वभर एकसाथ नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने गर्दछ । यसै क्रमममा झापा जिल्लाका रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत सन् २०२०/२०२१ का एउटा मिडटाउनसहित सवै क्लबका नवनिर्वाचित पदाधिकारीहरुले समेत बुधबार पदभार ग्रहण गर्ने छन् ।

रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको अध्यक्षमा कृष्णकान्त खनियाँ भद्रपुरका आदित्य पराजुली, विर्तामोडका निर्मल भट्टराई, विर्तामोड मिडटाउनका प्रशान्त भण्डारी, सुरुङ्गाका टिका जमरकट्टेल र दमककी शान्ता नेपालले सन् २०२०/२०२१ का नेतृत्व सम्हालेका छन् ।

यसैगरी सन् २०२०/२०२१ का डिष्ट्रिक गभर्नरमा राजीव पोखरेलले पदभार ग्रहण गर्नैछन् । सन् १९०५ फेव्रवरी २३ तारीखमा अमेरिकाको सिकागो शहर भन्ने ठाउँमा पावलह्यारिससहित अन्य चारजना मिलेर स्थापना भएको रोटरी नेपालमा भने सन् १९५८ नोभेम्वर २० मा भित्रिएको हो । काठमाण्डौंको कान्तिपथमा तात्कालिन राजा श्री ५ महेन्द्रबीर विक्रम शाह त्यो क्लबको पेट्रोन इन चिफ थिए । त्यसवेला तात्कालिन बडामहारानी रत्नले ५४ औँ अन्तर्राष्ट्रिय रोटरी क्लबको स्थापना दिवसका अवसरमा ५४ वटा मैनवत्ती प्रज्वलन गरी शुरुवात भएको इतिहास छ ।

रोटरी अहिले विश्वभर फैलिएको छ । विश्वभरका रोटरी क्लबहरुले पावललाई रोटरीको जन्मदाताका रुपमा समेत लिने गरेका छन् । रोटरी नाफामुखी नभएर सेवामुखी संस्था हो ।रोटरी भनेको आफ्नो स्वार्थ भन्दामाथि उठेर मानवीय सेवामा समर्पित एउटा नाफारहति समाजकालागि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच भएका निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु अटाउने सामुहिक संस्था हो ।

यो अन्तर्राष्ट्रिय संस्था भए पनि यसको सदस्य बन्न कुनै दल,लिङ्ग, धर्म, संस्कृति कला जातले छेक्दैन । मात्रै सहयोगी भावनाका साथ स्वार्थ त्यागेर यो समाजकालागि केही गरौ भन्ने पेशा वा व्यवसायमा आवद्घ व्यक्ति नै यसको सदस्य हुन्छन् । जस्लाई हामी रोट्रियन भन्छौ । रोट्रियन भएपछि रोटरी क्लब निर्माण हुन्छ । त्यसपछि रोटरी डिष्ट्रिक अनि रोटरी जोन हुदैं रोटरी इन्टरनेशनल हुन्छ । तर यो संरचना निर्माण भइरहदा स्थानीय स्तरको रोटरी क्लब र रोटरी इन्टरनेशनलमा मात्र अध्यक्ष हुने प्रावधान छ । रोटरी जोन र रोटरी डिष्ट्रिकले चाँहि पुलको काम गर्छ । स्थानीय स्तरहरुका क्लबको समुहलाई संयोजन चाहि रोटरी डिष्ट्रिकले गर्छ । र, रोटरी जोनले रोटरी डिष्ट्रिकहरुको संयोजनकारी भूमिका निर्वाह गर्दछ । रोटरी डिष्ट्रिक कुनै एउटा देशसँगमात्र सिमित हुदैन । यसले संख्यात्मकरुपमा काम गर्छ । जस्तो रोटरी डिष्ट्रिक ३२९२ ले नेपाल र भुटानमा रहेका क्लबहरुको संयोजन गर्दछ । एउटा डिष्ट्रिकले दुईवटा देशको क्बलहरु हेर्न सक्दछ भने एउटा देशभित्र रोटरी क्लबहरुको संख्याको आधारमा १ वा सो भन्दा बढी डिष्ट्रिक पनि हुने गर्दछ ।

यसको इतिहास हेर्ने हो भने निक्कै राम्रा र उपलब्धिमुलक काम रोटरीले गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा रोटरीले सपिङ कम्पलेक्स परिसरमा महिलाहरुलाई लक्षित गरेर सार्वजनिकशौचालयनिर्माण गरेर काम को थालनी गरेको थियो । विस्तारै विस्तारै यसले स्वास्थ्यका क्षेत्रमा समेत हातहाल्यो । सन् १९८५ मा संसारबाट पोलियो उन्मुलन गर्ने दायित्व आफ्नो काँधमा लिदैं १९८८ मा विश्व स्वास्थ्य संगठन, युनिसेफ मिलिण्डा गेट्स फाउण्डेशनलगायतका संस्थाहरुसँग सहकार्य गरेर हाल सम्म ९९ दशमलव ९ प्रतिशत पोलियो संसारबाट उन्मुलन गर्न सफल रहेको छ ।

रोटरीको यस कार्यलाई संसारले निक्कै उपलब्धिमुलक काम ठान्दैं यसको खुलेरै प्रशंसा गरेको छ । यो सँगै २०१४ मा नेपालसहित ११ देशलाई विश्व स्वास्थ्य संगठनले पोलियोमुक्त देश घोषणा गरेको छ । यसमा रोटरीको भूमिका निक्कै ठुलो छ । विश्वबाट शत प्रतिशत पोलियो उन्मुलन गर्नलाई मात्र अफगानिस्तान र पाकिस्तान बाकी छ । यी दुईदेश बाट पोलियो उन्मुलन भए लगत्तै विश्वबाट पोलियो उन्मुलन हुन्छ । साथै रोटरीले ६ वटा विधामाकाम गर्छ । जस्लाई रोटरीले ‘सिक्स फोकस एरिया’भन्ने गरेको छ । ती विधा अन्तर्गत विश्वशान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार, तथा रोकथाम ,आमा र नवजात शिशुको स्वास्थ्य उपचार , समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा रोटरीले काम गर्ने गरेको ।

यति काम गरिरहदा यसले आर्थिक स्रोत कहाँ बाट जुटाउछ भन्ने जिज्ञसा आउला । यसकालागि यो संस्थाले सन् १९१७ मा आर्च सि क्लम्पनाम गरेका रोटरियनको अगुवाइमा २६ दशमलव ५ डलर बाट कोष खडा गरेका थिए । जुन कोषलाई ११ वर्षपछि वा सन् १९२८ बाट ‘द रोटरी फाउण्डेशन’भन्न थालियो । सो प्रतिष्ठान विश्व मै अहिलेसम्मकै दोस्रो सवैभन्दा ठुलो कोषको रुपमा खडा भएको छ । पोलियोलगायतका विभिन्न अन्तर्राष्ट्रियदेखि स्थानीयस्तरका ठुला योजनाहरु रोटरीले यसै कोषबाट सञ्चालन गर्ने गरेको छ । हालसम्म कोषमा ४ विलियम डलर भन्दा बढी छ । यो कोष संसारकै दश सर्वाेत्कृष्ट कोषको रुपमाविगत केही वर्षदेखि चिनिन्दैं आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर