Aamsanchar

करेन्ट लागेर मेचीनगरमा भुजेलको मृत्यु

Author Image
शनिवार, असार २०, २०७७

बिर्तामोड ।  झापाको मेचीनगर नगपालिका १४ दुवागढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय बर्ष २७ का चक्रबहादुर भुजेलको मृत्यु भएको हो । शनिबार घरको वायरिङ गर्ने क्रममा करेन्ट लागेर घाईते बनेपछी उपचारको लागि बिर्तामोड स्थित बीएण्डसी हस्पिटल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनास्थलमा आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले  पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर