Aamsanchar

जुडी खोलाले बगाउदा एक बालिकाको मृत्यु

Author Image
आइतवार, असार २१, २०७७

मोरङ ।  जिल्लाको कटहरी गाउँपालिका–७ बस्ने ६ वर्षीया बालिकाको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा प्रधुम्ना सरदारकी ६ वर्षीया छोरी दिक्षाकुमारी सरदार रहेकी छिन् ।

शनिबार दिँउसो अन्दाजी ३ बजे जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाई उनी बेपत्ता भएकी थिइन् । घटनाको जानकारी पाएपछि प्रचौ थलाहाबाट प्रहरी सहायक निरीक्षकको टोली र स्थानीयवासीको सक्रियतामा खोजी गर्दा पनि फेला परेकी थिइनन् ।

त्यसपछि थलाहा ब्यारेकबाट नेपाली सेनाको २५ जना, सशस्त्र प्रहरीको १५ जना, र थलाहबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान सोही खोलाको बगेको स्थानभन्दा ३ किमि दक्षिण बाँसको झ्याङमा अल्झी रहेको अवस्थामा बालिकाको शव फेला पारेको थियो ।

आवश्यक कानूनी प्रकृयाको लागि जिप्रका मोरङबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर