Aamsanchar

सोमबार सम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार १ सय १८ मात्र

Author Image
सोमवार, असार २२, २०७७

झापा । नेपालमा सोमबार थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ । त्यसैगरी कोरना संक्रमणको कारणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

सोमबार सम्म नेपालमा कोरोना संक्रमण मुक्त भएका र मृत्यु भएकाको संख्या घटाउदा संक्रमितको संख्या ९ हजार ३ सय ५३ मात्र हुँन आउछ ।

तर  सरकारले आज थप भएका  १ सय  ८० सहित देशभरीमा कोरोना पुष्टि हुनेको संख्या कुल १५ हजार ९ सय ६४ पुगेको बताएको छ ।  अहिले सम्म संक्रमित भएका र पछि निको भएका हरुको एक मुष्ट संख्यालाई विश्व स्वास्थय संगठन र नेपालको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको छ ।

आज सम्म संक्रमित मध्येबाट ६ हजार ८ सय ११ जना निको भएर घर फर्किएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका संक्रमितको संख्या ९ हजार १ सय १८ छ ।  सोमबार कोरोनाका कारण मृत्यु पुष्टी गरिएका बाग्लुङ जिल्लाका २९ वर्षीय पुरुष भएको र उनको आइतवार मृत्यु भएको मन्त्रालयले बताएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर