Aamsanchar

मेचीनगरमा मास्कको प्रयोग नगर्नेलाई प्रहरीले पक्राउ गर्ने

Author Image
मङ्गलवार, असार २३, २०७७

मेचीनगर ।  मेचीनगरक्षेत्रमा विना मास्क हिडडुल गर्नेलाई अब उप्रान्त प्रहरीले नियन्त्रणमा लिने भएको छ । गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै पुर्वीनाकामा यसको कार्यान्वयनका लागि सक्रियरुपमा काम शुरु गरिएको हो ।
मंगलबार इलाका प्रहरी कार्याय काँकरभिट्टाको अगुवाईमा नगरका विभिन्न सामाजिक संघ संस्थाहरुले सर्वसाधारणलाई यसको पालना गर्न आग्रह गदैं चेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् ।

पूर्व पश्चिम लोकमार्गको मेचीनगर— ६ को अस्थायी ट्राफिक प्रहरी पोस्टमा बसेर विभिन सवारी साधनमा सवार तथा पैदलयात्रीले मास्कको प्रयोग गरेको छ छैन निगरानी गदैं विना मास्क हिडनेलाई निःशुल्क मास्क प्रदान गरी अब आइन्दा मास्क लगाएर मात्र हिडडुल गर्न भनिएको टोलीमा संलग्न रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२०÷२०२१ का अध्यक्ष् कृष्णकान्त खनियाले बताए ।

उनका अनुसार रोटकरीकातर्फबाट २५ थान सर्जिकल मास्क निःशुल्क सर्वसाधारणलाई प्रदान गरिएको थियो । साथै सरकारले घोषणा गरेको जोर विजोर प्रणालीको कार्यान्वयन भए नभएको समेत अनुगमन गरिएको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले सरकारको निर्णयको पालना नगरी अब मास्क नलगाइ घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने बताए । उहाँका अनुसार अहिले नेपालमा समेत दिनप्रतिदिन नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण दर बढ्दै गएका कारण गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो।

सरकाले गरेको निर्णय कार्यान्वयन नगर्ने वा जस्ले उल्लंघन गर्छ उस्लाई पक्राउ गरी संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने प्रहरी अधिकारीको भनाई छ । नेपालमा नोवल कोरोना भाइरस कोभिड १९ को स्ंक्रमण देखिन थालेपछि कोभिडको जोखिमका कारण नेपाल सरकारले पहिलो पटक चैत ११ गतेबाट लकडाउन घोषणा गरेको थियो । पटक पटक लकडाउन घोषणा गरेपछि सर्वसाधारणको जीवनी कष्टकर भएको भन्दैं सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ ।
जनजीवनमा आएको असहजता लाई सहजीकरण गर्ने गृह मन्त्रालयले निश्चित सर्तहरू तोकेको छ । दुई मिटरमा सामाजिक दुरी कायम गर्नुपर्ने , अनिवार्यरुपमा मास्कको प्रयोग गर्नुपर्ने स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना गर्न समेत मन्त्रालयले सर्वसाधारणमा आग्रह गरेको छ ।
लकडाउन खुकुलो पारिएको भएपनि सामान्य मास्क पनि प्रयोग नगरी कोरोना महामारीमा थप जोखिम उत्पन्न गर्ने काम भएपनि सरकारले अनिवार्य मास्कको प्रयोग भनेको छ । अनुगमन टोलीमा रोटरी, लायन्स, मेची उद्योग बाणिज्य संघ, स्काउटलगायत सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर