Aamsanchar

दुध चिया जिब्रोलाई, कालो चिया शरिरलाई !

Author Image
बिहिवार, असार २५, २०७७

हामीमध्ये धेरैको बिहानी चियाको चुस्कीसँगै सुरु हुने गर्छ । त्यसपछि समय–समयमा हामी चिया पिउँछौं । यसकारण चिया धेरै नेपालीहरुको लागि ‘लत’ नै बनिसकेको छ । धेरै जसो मानिसहरु दुध हालेको चिया पिउँन रुचाउँछन् । स्वास्थ्यको हिसाबले दुध हालेको चिया भन्दा कालो चियालाई निकै लाभदायक मानिन्छ । यसले हामीमा ग्यास्ट्रिक जस्ता समस्या ल्याउँदैन ।

कालो चियामा ‘पोलिफेनाइल’ नामक एन्टिअक्सिडेन्ट बढी मात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि न्यून मात्रामा पाइन्छ ।

कालो चिया पिउनुका फाइदा यस्ता छन्ः

हड्डीको मजबूतीः
चियामा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन् । जसले हड्डीलाई समेत मजबुत बनाउन सहयोग गर्दछन् ।

क्यान्सरबाट बचावटः
चियामा पोलिफिनाइल्स तत्व हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्दछ ।

बुढोपना घटाउनेः
चियामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले उमेर बढेसँगै देखिने बुढोपनका लक्षण कम गर्दछ ।

मुटु जोगाउँछ :
मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ। यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा कार्डियोभास्कुलर डिजिज लाग्ने सम्भावना कम हुन्छ।

स्तन क्यान्सर हुन दिँदैंन :
कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ। यस्तै ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ।

डाइरिया रोक्छ :
कालो चियामा भएको क्षारीय गुणका कारण पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ।

दमका रोगीलाई आराम :
तातो झोलपदार्थले प्रायजसो दमका रोगीहरुलाई आराम दिन्छ। यसले दमका रोगीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ।

यदि तपाई थप एक कप कालो चिया खाने मुडमा हुनुहुन्छ भने निर्धक्क खाए हुन्छ । यो कुनै व्यक्तिगत धारणा नभएर वैज्ञानिकहरुको अध्ययनका आधारमा तयार गरिएको निष्कर्ष हो । विज्ञहरुका अनुसार कालो चिया बालकदेखि बृद्ध जोकोहीले खाँदा पनि फाइदा हुन्छ । तर कालो चिया भएपनि चिनिको मात्रा कम प्रयोग गर्नुहोला ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 385

प्रतिक्रिया (०)

सम्बन्धित खबर