Aamsanchar

पिसिआर ल्यावको लागि दमकबाट एकै दिन ६ लाख भन्दा बढी रकम प्राप्त

Author Image
आइतवार, असार २८, २०७७

चारपाने । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि दमकबाट १० वटा सहकारीबाट ६ लाख भन्दा धेरै रमक हस्तान्तरण भएको छ ।

आइतबार एक कार्यक्रमका बीच दाता सहकारीहरुले एउटै कार्यक्रम मार्फत ‘एकका लागि एक अभियान’ लाई सहकारीका प्रमुख तथा प्रतिनिधीहरुले नगद हस्तान्तरण गरेका थिए । यो संगै दमक क्षेत्रबाट पिसिआर ल्याव स्थापना गर्नको लागि सहयोग गर्न अन्य सामाजिक संघसंस्थाहरु पनि उत्साहित बनेका छन ।
झापा जिल्ला सहकारी संघको आयोजनामा संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा दमक स्थित मेची सहकारी संस्थाको सभाहलमा भएको रकम हस्तान्तरण कार्यक्रममा ६ लाख २९ हजार ९ सय ९५ रुपैया अभियानलाई प्राप्त भएको थियो ।

आइतबार १० वटा सहकारी र व्यक्तीगरी उक्त रकम प्राप्त भएको अभियानका सचिवालय प्रमुख गोपाल भट्टराईले जानकारी दिए । संस्थागत रुपमा ६ लाख १८ हजार ९ सय ९५ रुपैया र व्यक्तिगत रुपमा ११ हजार रुपैयाँ सहयोग प्राप्त भएको बताईएको छ ।

रकम प्रदान गर्ने संस्थाहरुमा कमल गाउँपालिका–३,को नवोदय बहुउदेश्य सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष शरण कुमार पराजुलीले १ लाख १ हजार १ सय ११ रुपैया, मेची सहकारी संस्था दमक–६ बाट अध्यक्ष नारायण भट्टराईले १ लाख २ हजार २ सय २२ रुपैया, कमल गाउँपालिका–२,को पूर्व नेपाल बहुउदेश्य सहकारी संस्थाबाट व्यवस्थापक चन्द्रकला ढकालले १ लाख २ हजार रुपैया रकम प्रदान गरेका छन । त्यसैगरी दमक–६ को सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट अध्यक्ष टिका सापकोटाले १ लाख रुपैया जिल्ला सहकारी संघ मार्फत अभियानलाई हस्तान्तण गरिएको थियो ।

दमक स्थित दर्पण साकोसबाट अध्यक्ष रेगीना भट्टराईले ५१ हजार, डाँफे साकोसको तर्फबाट अध्यक्ष तुलाराम न्योपानेले ५१ हजार, सूर्यमुखी साकोसबाट अध्यक्ष चुडामणी ओझाले २५ हजार ५१ रुपैया उपलब्ध गराएका थिए । दमककै अर्को सहकारी नवदुर्गा बहुउदेश्य सहकारीको तर्फबाट अध्यक्ष प्रेमकुमार कोईरालाले २५ हजार उपलब्ध गराएका छन । रकम उपलब्ध गराउने संस्थामा हिमाञ्चल साकोसबाट अध्यक्ष बुद्ध पाण्डेले २५ हजार र दमक बहुउदेश्य सहकारी संस्थाबाट अध्यक्ष सुरेन्द्र श्रेष्ठले २५ हजार रकम उपलब्ध गराएका थिए । कार्यक्रममा स्थानिय समाजसेवी सन्तोष श्रेष्ठले ११ हजार १ सय ११ रुपैया हस्तान्तरण गरेका थिए ।

रकम ग्रहण कार्यक्रममा अभियानको तर्फबाट सहसंयोजक बिनोद बस्नते, अभियानका सदस्यहरु बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, कनकाई उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कुमारमणी पोखरेल, शिवकुमार कडेल, गजेन्द्र पौडेल, तुलाराम न्योपाने, लगायतको उपस्थिति थियो ।

कार्यक्रमा अभियानका सहसंयोजक बिनोद बस्नेतले अभियानको औचित्य र अवस्थाको बारेमा प्रकास पारेका थिए । झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष गीता कुँवर स्वागत गरेकी थिईन भने कार्यक्रमको सहजीकरण संघका सहसचिव भानु दंगालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर