Aamsanchar

सुरक्षाकर्मीलाई लियो क्लब शिवसताक्षी द्वारा स्वास्थ सामाग्री वितरण

Author Image
शुक्रवार, साउन २, २०७७

शिवसताक्षी । शिवसताक्षीको लियो क्लब अफ शिवसताक्षीले इलाका प्रहरी कार्यालय झिलझिलेलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
कोरोना भाइरसको संक्रमणको जोखिमका बेला जनजीवनको सुरक्षामा दिनरात खटिने प्रहरीहरुको आवसेकतालाई मध्यनजर गर्दै क्लबले इलाका प्रहरी कार्यालय झिलझिलेमा रहेर सुरक्षा दिइने प्रहरीका लागि स्वास्थ्य समाग्री प्रदान गरेको हो ।

सुरक्षामा सधैं अगाडि रहेर काम गर्ने सुरक्षा कर्मीलाई कोरोना संक्रमणको जोखिमको बेला मनोबल उच्च बनाउनका लागि सेनेटाइजर र माक्स वितरण गरिएको लियो क्लव अफ शिवसताक्षीका चार्टर प्रेसिडेन्ड सुजन भण्डारीले जानकारी दिए ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै प्रहरी निरिक्षक एबम इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख ठाकुरले लियो क्बल अफ शिबसताक्षीलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा इलका प्रहरी कार्यालय झिलझिलेका प्रनि कोमल ठाकुरसहित लियो क्लब अफ शिबसताक्षीका उपाध्यक्ष सागर आर्चाय, क्रिजम पोख्रेल, सचिव दीपसन घिमिरे र सहसचिव बिबेष चापागाईको उपस्थिति थियो । ‘प्रहरीहरुले हाम्रो दिनरात नभनी सेवा र सुरक्षा दिनु हुन्छ भने हामीले पनि उहाँहरुको स्वस्थ्यको ख्याल गर्नु आवस्यक छ।’ सहसचिब बिबेस चापागाईंले सुनाए।

लियो क्लब वफ शिवसताक्षीको यो पहिलो सामाजिक कार्य पनि रहेको छ। आगामी दिनहरुमा समाजको हितका लागि लियो सदैव अगाडि रहने छ भन्दै लियो कृजम पोख्रेलले जानकारी दिए। त्यस्तै, लियोका सचिव दिपसन घिमिरे बताउँछन, ‘हामी युवाहरु समाजमा केही परिवर्तन ल्याउन पहल गरि रहदा अरु हामीसग कोहि जोडिन चहानु हुन्छ भने हामी खुलेर स्वागत गर्न तयार छौँ ।’ हामीभन्दा अगाडिका कार्यसमितिमा रहनुहुने सम्पुर्णलाई हामी सम्मान गर्छौं र हामीलाई साथ र सहयोग गरिदिनु भए अझै हामीलाई केहि गर्न हौशला प्राप्तहुने भन्दै लियो सागर आचार्य ले आफ्नो विचार प्रकट गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर