Aamsanchar

पहिरोलेलियो आमा छोराको ज्यान

Author Image
सोमवार, साउन ५, २०७७

कैलाली । पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

‘घटना अविरल वर्षाका कारण पहिरोले घर भत्किदा भएको हो,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले भने, ‘परिवारका अन्य सदस्य सकुशल छन् ।’

गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि उनीहरु पुरिएका उनले बताए । सोही क्षेत्रमा केही घाइतेसमेत भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर