Aamsanchar

झापा गाउँपालिकाबाट बहुविवाह मुद्दाको फरार प्रतिवादी पक्राउ

Author Image
सोमवार, साउन ५, २०७७


बिर्तामोड । झापाको झापा गाँउपालिका वडा नं ६ बाट एक फरार प्रतिवादी पक्राउ परेका छन ।

बहुविवाह मुद्धा सजाय फैसला भएपछी फरार बनेका साविक शरणामती–५ का बर्ष ३४ का कुमार शिवाकोटी (रुपनारायण) पक्राउ परेका हुन ।
कृष्णमाया रिजालको जाहेरीमा २०७० चैत्र ९ गते परेको वहुविवाह जाहेरीका आधारमा भएको फैसला बमोजिम प्रतिवादी शिवाकोटीलाई १ बर्ष ६ महिना कैद र १५ हजार जरिवाना ठहरेको थियो ।

फरार रहेका शिवाकोटीलाई सोमबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा पेश गरार्ई तोेकिएको कैद भुक्तानको लागि झापा कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर