Aamsanchar

बिर्तामोडबाट सरकारी छाप दस्तखत किर्ते मुद्दाको फरार प्रतिवादी पक्राउ

Author Image
सोमवार, साउन ५, २०७७

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नंं १ स्थित हनुमाननगर बाट एक फरार प्रतिवादी पक्राउ परेका छन ।

सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा मुद्धा सजाय फैसला भएपछी फरार बनेका बिर्तामोड नगरपालिका–१ का बर्ष २५ का सुशिल बस्नेत पक्राउ परेका हुन ।

प्रहरी जवान गोपाल खनालको जाहेरीमा २०७५ बैशाख ३ गते परेको जाहेरीका आधारमा भएको फैसला बमोजिम प्रतिवादी बस्नेतलाई १ बर्ष कैद र ५० हजार जरिवाना ठहरेको थियो ।
फरार रहेका बस्नेतलाई सोमबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा पेश गरार्ई तोेकिएको कैद भुक्तानको लागि झापा कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

बस्नेतले सवारी चालक अनुमति पत्रको ई बर्गको रहेकोमा, ए.बी. बर्ग थपी किर्ते गरेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर