Aamsanchar

बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने

Author Image
मङ्गलवार, साउन ६, २०७७

काठमाण्डौं । बिहीबार देखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले पत्रकार सम्मेलनमा लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर