Aamsanchar

लकडाउन खुले पनि करिव डेढ दर्जन क्षेत्र बन्द नै रहने

Author Image
मङ्गलवार, साउन ६, २०७७

काठमाडौं । सरकारले मंगलबार मध्यरातबाट लकडाउन  हटेको घोषणा गरेपनि केहि क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ । सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट मात्र खुला गर्न अनुमति दिने निर्णय गरेको छ । त्यस्तै भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भीक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने भएको छ ।

यस्तै शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् । आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्लाका यातायात भदौ १ गतेबाट खुला हुने सरकारले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर