Aamsanchar

प्रदेश नं १ प्रदेशसभा भोलिदेखि अन्त्य, करार सेवाका कर्मचारीको म्याद एक वर्ष थप

Author Image
बिहिवार, साउन ८, २०७७

बिराटनगर ।  प्रदेश नं १ को प्रदेशसभाको जारी बजेट अधिवेशन यही साउन ९ गते राति १२ः०० बजेबाट अन्त्य हुने भएको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले जारी छैटौँ तथा बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले जानकारी दिए ।

बैठकले प्रदेश सरकारले चालू आवका कार्यक्रम कार्यान्वयन प्रक्रिया शुरु गर्ने निर्णय गर्नुका साथै घरेलु विकास समितिमा कार्यरत सबै करार सेवाका कर्मचारीको समयावधी एक वर्ष थप गर्ने निर्णय गरेको छ । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार सङ्घीय सरकारले घरेलु विकास समिति हस्तान्तरण गर्दा आएका सबै अस्थायी करार सेवाका कर्मचारीको म्याद एक वर्ष थप गर्ने निर्णय भएको मन्त्री आङबोले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 542

प्रतिक्रिया (०)

सम्बन्धित खबर