Aamsanchar

अज्ञात व्यक्तीबाट सीतापाईलाकी एक युवतीमाथि एसिड प्रहार

Author Image
बिहिवार, साउन ८, २०७७

काठमाडौं । बिहीबार साँझ ललितपुर स्थित सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ ।

ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।

पिडित कार्कीलाई कीर्तिपुरस्थित अस्पतालमा लगिएको छ । उनको अनुहारमा एसिड परेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिएका छन ।

एसिड प्रहार गर्ने फरार भएका छन भने प्रहरीले खोजी कार्यलाई तिब्रता दिएको महानगरीय प्रहरी परिसरले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर