Aamsanchar

जागिर लगाईदिने भन्दै ठग्ने गर्ने पक्राउ

Author Image
शुक्रवार, साउन ९, २०७७

काठमाडौँ । नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनी एक व्यक्तिसँग रु तीन लाख ५० हजार लिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले एक व्यक्तिलाई प्रहरीमा जागिर लगाइदिने भनी ठगी गर्ने रुकुम पश्चिमका २४ वर्षीय अनिल वलीलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले पक्राउ परेका वलीले विभिन्न व्यक्तिसँग ठगी गरेको निवेदन परेपछि पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका वलीको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, किर्तिपुर नगरपालिकाको नक्कली राजश्व सङ्कलन गरेको कागजात, प्रतिबन्धित नेकपा माओवादी ‘विप्लव’ समूहको आर्थिक सहयोग गर्ने कागजात बरामद गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर