Aamsanchar

कोरोना संक्रमणको विषयमा शनिबार संसारभरी यी कुराको चर्चा भएः

Author Image
आइतवार, साउन ११, २०७७

– बेलायतमा इन्डोर जिम, स्विमिङ पुल र अन्य इन्डोर स्पोर्टस् फ्यासिलिटिज शनिबारदेखि खोलियो । मार्च पछि पहिलो पटक यी कुराहरु सर्वसाधारणका लागि खोलिएको हो ।

– स्पेनको केटालोनिया इलाकामा नाइटलाइफसँग सम्बन्धित सबै सुविधा बन्द गरिएको छ । पछिल्ला केही दिनदेखि केटालोनियामा लगातार संक्रमितको संख्या बढिरहेको छ । स्पेनमा कोरोनाको दोस्रो लहर चलिरहेको बताइएको छ ।

– भारतमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै छ । पछिल्लो दुई दिनमा भारतमा करिब एक लाख नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको कूल संख्या १३ लाख ३६ हजार पुगिसकेको छ जबकि हालसम्म ३१ हजार बढीको मृत्यु भइसकेको छ ।

– ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । दुई हप्ता अघि बोलसोनारो कोरोनाद्वारा संक्रमित पाइएका थिए ।

–विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार अफ्रिकी देशमा हालसम्म १० हजारभन्दा बढी स्वास्थ्यकर्मी कोरोनाद्वारा संक्रमित भइसकेका छन् । संगठनका अनुसार स्थिती निकै खराब छ ।

– बेलायतका विज्ञका अनुसार मोटोपना र अत्यधिक तौल भएका व्यक्तिका लागि कोरोना भाइरस अत्यधिक खतरनाक छ । यस्ता मानिसहरु कोरोनाद्वारा संक्रमित भए गम्भी रुपमा बिरामी हुने र मृत्युको आशंका अत्यधिक पाइएको छ ।

स्रोतः बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर