Aamsanchar

खोलाले बगाउदा बुद्धशान्तिमा एक बालकको मृत्यू

Author Image
मङ्गलवार, साउन १३, २०७७

बिर्तामोड ।  झापामा खोलाले बगाउदा एक बालको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका–३ पिपलबोटेका महेश राईको छोरा अन्दाजी ४ बर्षे मौषम राईको मृत्यु भएको हो । घर बाहिर खेल्ने क्रममा घर नजिकै रहेको हडिया खोलाले बालक राईलाई  बगाएको थियो ।

खोलामा बग्दै गरेको अवस्थामा स्थानियले तत्काल उद्धारगरी उपचारको लागि स्थानिय  एक पोलिक्लिनिकमा लगेका थिए । उनको उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी राकेश थापाले जानकारी दिएका छन ।

इलाका प्रहरी कार्यलय धुलाबारीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया अघि बढाई घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर