Aamsanchar

चिउडो र बिना मास्क हिडडुल, बिर्तामोड बासी कती सुरक्षित ? (फोटो फिचर)

Author Image
बुधवार, साउन १४, २०७७

श्रावण ७ गते नेपालमा सरकारले लकडाउन हटेको घोषणा गरेपछि धेरै लाई लागेको होला अब नेपालमा कोरोनाको  जोखिम छैन् र जोखिम घट्दै छ । तर स्वास्थ्य मन्त्रालयले भने कोरोनाको जोखिम उत्तिकै रहेको र फेरि जोखिम बढ्दै गए देशलाई पुनः लक गर्न सरकार बाध्य हुने बताएको छ।

हिजो मात्र स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका तथ्यांक थअनुसार लकडाउन खुल्नु भन्दा  अगाडी अषाढ ३१ देखि साउन ६ गतेसम्म जम्मा ३०,०९६ (आर टी पिसिआर) नमुना परिक्षण गरिएकोमा ९३३ जनामा कोभिड पोजेटिभ देखिएको थियो त्यो भनेको ३.१ प्रतिशत हो भने त्यसैगरी लकडाउन हटेपछि साउन ७ देखि हिजोसम्म जम्मा २८,०७२ पिसिआर नमुना परिक्षण गरिएकोमा १०६९ जनाको पोजेटिभ आएको थियो । यो भनेको ३.८ प्रतिशत हो ।

अर्थात लकडाउन पछि संक्रमणको जोखिम उच्च रहेको छ। बिगतका दिनमा झापाको काँकडभिट्टा र बाह्रदशी को संक्रमणले गर्दै बिर्तामोड र वरिपरिका ठाऊँ हरुलाई उच्च जोखिममा राखेको छ। झन बाह्रदशीका संक्रमितको बिर्तामोड बाजारमा घुमेको ख़बरले आफ्नो सुरक्षाको बारेमा सोच्न  बाध्य बनाएको छ।

बिर्तामोडको शनिश्चर रोड, कृषिथोक बाजार ,इलाम स्टेण्ड, भद्रपुर बस स्टेण्डका केहि तस्बीर हरु :

चिउडोमा मास्क या बिना मास्क के बिर्तामोडवासी  सुरक्षित छन  ?  धेरै मान्छेको चाप हुने कृषिथोक बजारमा ब्यापारी देखी खरीदकर्ताले  मास्कको प्रयोग नगरेको या चिउडोमा मास्क झुण्डाको पाइयो, यातायात संचालन गर्नका लगी मापदण्ड तोकिएको भएपनि बिर्तामोडको भद्रपुर बस बिसौनीमा दृश्य फरक भेटियो।
विश्व स्वस्थ संगठनको विज्ञप्ति अनुसार कोरोनाको संक्रमणले सजिलै बृद्ध र बच्चा हरुलाई आक्रमण गर्न सक्छ तर आम नागरिक र अभिभावकले यसको बेवस्था गरिरहेका छन।
अर्थात हामीले आफ्नो लापरवाहीले आफ्नो मात्रा होइन समाज र घर परिवारको लगी पनि जोखिम निम्तउदै छौ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 549

प्रतिक्रिया (०)

सम्बन्धित खबर