Aamsanchar

पारस र एलिसाको युगल गीत सार्वजनिक

Author Image
बिहिवार, साउन १५, २०७७

झापा । वैदेशिक रोजगारीको क्रममा युएईमा रहदै नेपाली गायनमा फरक पहिचान बनाउन सफल लोकरक गायक पारस लामा र गायनमा भविस्य खोजिरहेकी एलिसा तामाङको नयाँ गीत सार्वजनिक भएको छ । सबै जनरामा गीत गाउन सक्षम लामाले उस्तै क्षमता भएकी एलिसासँग गाएको गीतको बोल–बेंसी झरौला रहेको छ । पुर्वी नेपालका पहाडी गाउँठाँउ, लेकबेंसी, खोलानालालाई सम्बोधन गरिएको यो गीतले पाँचथर जिल्लाको नावा खोलादेखि लिएर धनकुटाको राजारानी सम्मलाई समेटी आन्चलिकता र ग्रामीण परिवेशलाई दर्साउन सफल भएको छ ।
नेपाली पुर्वेली लोकभाकाको यो गीतले श्रोताहरुको मनमा बास पाउने दाबी गायक लामाले गरेका छन् ।

गीतमा शब्द: संकलन पारस लामा र योगेस वानु राईले गरेका हुन् भने संगीत पदम घिसिङको रहेको छ । यसको एरेन्जर मिक्सिङ र मास्टरिङ  भिम केरुङ लिम्बुले गरेका छन् भने सिनपोन्सी रेकर्डीङ स्टुडियो विर्तामोडमा रेकर्डीस  भिम लिम्बुले रेकर्डीङ गरेका छन् ।  दाजुबहिनीको यो युगलगीत १५ साउनमा युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर