Aamsanchar

बिर्तामोडमा महिला प्रहरीलाई कोरोना, समुदायले डराउनु पर्ने अवस्था छैन

Author Image
शनिवार, साउन १७, २०७७

बिर्तामोड । बिर्ताबजार प्रहरी चौकीमा कार्यरत एक महिला प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । जनपथ प्रहरीमा झापामै पहिलो पटक संक्रमण देखिएको हो । मेची आँखा अस्पताल क्वारेन्टाइनको सुरक्षार्थ खटिएकी ती महिला प्रहरीलाई संक्रमण भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कोरोना संक्रमित महिला प्रहरी क्वारेन्टाइन र आफ्नो डेरामा मात्र आवत जावत गर्ने गरेको, उनी लगायत क्वारेन्टाइनमा डिउटी गर्ने सबै प्रहरीहरुलाई अरु प्रहरी र समुदायको सम्पर्क देखि टाढै रहने भनिएको हुँदा समुदायमा सर्ने सम्भावना न्युन रहेको जिल्ला प्रहरी कार्यालय झापा प्रखुम कृष्णप्रसाद कोईरालाले बताए ।

यसअघि झापाका ३५ जना सशस्त्र प्रहरीलाई कोरोना पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर