Aamsanchar

पूर्वको मोडलिङ जगतमा आइसाको इन्ट्री

Author Image
आइतवार, साउन १८, २०७७

पूर्वमा एक उदयमान नव मोडलको रुपमा आफूलाई परिचित गराउन सुरु गरेकी झापा कनकाई नगरपालिका–८, लक्ष्मीपुर सितल चोक की आइसा मैनालीको मिडियाका लागि भने यो पहिलो फोटोशूट हो । यस अघि विभिन्न स्टेज सो र म्युजिक भिडियोको लागि भने फोटोशूट गराई सकेकी छन ।

पूर्वमा खासगरी झापाको बिर्तामोडलाई आफ्नो कार्यक्षेत्र बनाएर मोफसलको मोडलिङ दुनियामा आफूलाई स्थापित गर्दै राष्ट्रिय स्तरको मोडलिङ यात्रा तय गर्ने दृढ सोचका साथ यतीवेला उनी मोडलिङ कलाकारिताको अभ्यासलाई अघि बढाई रहेकी छिन ।

बिर्तामोडको बाल्मिकी स्कुलबाट एसईई उत्रिण गरी हाल बिर्तामोड–२, नीधि कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । मैनाली छोटो समयमा नै उत्कृष्ठ प्रतिभा देखाएको कारण यतीवेला व्यवसायिक मोडल बन्न थालिसकेकी छिन । हालै अन्जु पन्तको स्वरमा रिलिज भएको गीत तिमि बिना बाँच्दिन म मा उनको अभिनय देख्न सकिन्छ ।

विगत १ बर्ष अघिदेखि मोडलिङ यात्रा सुरु गरेकी मोडल मैनालीले १८ बर्षको उमेरमै मोडलिङको क्षेत्रमा गरेकोे प्रगतिलाई हेर्दा उनको भावी लक्ष चुम्न धेरै बर्ष कुर्नुपर्छ जस्तो लाग्दैन, आमसंचारको तर्फवाट उज्जवल भविस्यको शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर