Aamsanchar

कोरोनासँग मिल्दो लक्षण भएका तीन जनाको मृत्यु, दहासंस्कार गर्न प्रसाशन द्वारा रोक

Author Image
बुधवार, साउन २१, २०७७

सप्तरी। सप्तरीमा कोरोना भाइरससँग मिल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका–५ का ४५ वर्षीय पुरुष, राज गढ गाउँपालिकाका–७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

रुपनी गाउँपालिका–५ का पुरुष एक–डेढ महिनाअघि मलेसियाबाट फर्किएर घरमै बसेका थिए । यसैबीचमा उनलाई ज्वरो र दमको समस्या देखिएपछि मंगलबार राजविराज ल्याइएको थियो ।

उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार हुन नसकेपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताए ।

यसै गरी, ज्वरो र श्वासप्रश्वासकै समस्या भएर साउन १५ गते राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका राज गढ गाउँपालिकाका ७१ वर्षीय पुरुष र डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनीहरूको गए राति मृत्यु भएको जनाइएको छ ।

तीन जनाको स्वाब संकलन गरिसकेपछि मात्रै अन्तिम संस्कारको अनुमति दिइने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर