काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु बुधबार विश्वमै सबैभन्दा बढी बढेका छन् । बुधबार ५६ हजार ६२६ जना संक्रमित थपिएका हुन् ।
यो भारतमा एकै दिनको सबैभन्दा बढीमा दोस्रो उच्च संख्या हो । तर बुधबार सबै देशको तुलनामा सबैभन्दा बढी हो । बुधबार अमेरिकामा ५४ हजार ८९० तथा ब्रजिलमा ५४ हजार ६८५ जना संक्रमित थपिएका थिए ।
मृतक पनि भारतमा बढेका छन् । बुधबार ९१९ जनाको ज्यान गयो । यो भारतको अहिलेसम्मकै तेस्रो उच्च संख्या हो । अहिलेसम्म भारतमा १९ लाख ६३ हजार २३९ जना संक्रमित भएका छन् । त्यसमध्ये सक्रिय संक्रमितको संख्या ५ लाख ९४ हजार ८५० रहेको छ ।
बुधबार ४५ हजार ५४० जनालाई निको भएको छ । अहिलेसम्म निको हुने १३ लाख २७ हजार २०० पुगेका छन् । मृतक ४० हजार ७३९ पुगेका छन् ।
यस्तो छ विगतको आँकडा
मंगलबार ५१ हजार २८२ जना नयाँ संक्रमित थपिएका थिए । तर ५१ हजार २२० जना संक्रमितलाई निको पनि भएको थियो । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । कोरोनाबाट अहिलेसम्म १९ लाख ६ हजार ६१३ जना संक्रमित भएका छन् ।
मृतक मंगलबार ८४९ थपिएका छन् । सोमबार भारतमा ५० हजार ६२९ जना संक्रमित देखिएका थिए । आइतबार पनि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका थिए । आइतबार ५२ हजार ७८३ जना संक्रमित देखिए पनि त्यो भारतको रेकर्ड नभए पनि सोमबार र आइतबार भने विश्वभरमै सबैभन्दा बढी संक्रमित भारतमा भेटिएका थिए ।
भारतले दुवै दिन अमेरिका र ब्रजिललाई समेत उछिनेको थियो । सोमबार अमेरिकामा ४७ हजार ९७० जना संक्रमित भेटिएका थिए भने ब्रजिलमा मात्र १७ हजार ९८८ जना संक्रमित थपिएका थिए ।
आइतबार अमेरिकामा ४९ हजार ३१ तथा ब्रजिलमा २४ हजार ८०१ मात्र नयाँ संक्रमित थपिँदा भारतमा ५२ हजार ७८३ संक्रमित देखिएका हुन् ।भारतमा गत शुक्रबार सबैभन्दा बढी संक्रमित देखिएका थिए । त्यो दिन ५७ हजार ४८६ जना नयाँ संक्रमित थपिएका थिए । त्यो भारतमा अहिलेसम्मकै बढी हो ।
शनिबार ५४ हजार ८६५ जना संक्रमित फेला परेका थिए । बिहीबार ५४ हजार ७५० जना संक्रमित थपिएका थिए । बुधबार ५२ हजार २६३ जना संक्रमित भएका थिए ।सोमबार ८०६ जनाको ज्यान गएको थियो । आइतबार ७५८, शनिबार ८५२ जनाको ज्यान गएको थियो । त्यो अहिलेसम्मकै तेस्रो उच्च अंक थियो । भारतमा एकैदिन सबैभन्दा बढी २ हजार ४ जनाको ज्यान गएको थियो ।
सोमबार ४३ हजार ७० जनालाई निको भएको थियो । आइतबार ४० हजार २१३ जनालाई निको भएको थियो । शनिबार ५१ हजार २३२ जनालाई निको भएको थियो । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।
भारतले अहिलेसम्म दुई करोड १४ लाख ८४ हजार ४०२ भन्दा बढी मानिसको परीक्षण गरिसकेको बताएको छ । भारतमा आरटीपीसीआर र एन्टिजन गरी दुई प्रकारको परीक्षण भइरहेको छ । हाम्राकुराबाट