Aamsanchar

ताराले दिईन् तिजको मुल्य र मान्यतालाई न्याए (भिडियो)

Author Image
आइतवार, साउन २५, २०७७

तिजको नाममा उत्ताउलो र अस्लिता प्रर्दन गरेर टिआरविटी बढाउने दौडमा लागेका पुराना र स्थापित कलाकारहरुको भिडमा  तिजको मुल्य र मान्यता दर्साउने शब्द र प्रस्तुती दिएर तारा कुमारी खत्री (रोकाया) ले तिजको मर्मलाई न्याए दिएकी छिन । मौलिक संस्कृतिप्रेमी नेपालीहरुको रोजाईको कलाकार पनि बन्दै गएकी छिन। हुनत तारालाई नेपालगञ्जमा नचीन्ने शायदै छैनन् तर पनि उनको वास्तविक परिचय सबैलाई थाहा नहुन पनि सक्छ । उद्योगी/व्यवसायी अगुवा, समाजसेवीका रुपमा पहिचान बनाउन सफल रोकायालाई अब सर्जकका रुपमा समेत चीन्नु पर्ने हुन्छ ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको पुर्व सन्ध्यामा रोकायाले नयाँ तीज गीत सार्वजनिक गरेकी छिन् । हुन त यस अघि नै तीज गीतको संगालोका रुपमा पुस्तक प्रकाशन गरिसकेकी रोकायाले यसपाली भने आफ्नै रचना र स्वरमा भिडीयोसहितको तिज गित “साह्रै पिर पर्दो रहेछ”सार्वजनिक गरेकी हुन् ।
नेपालगञ्ज उद्योग वाणीज्य संघकी पुर्व उप महासचिव रोकाया पूर्ण तारा फाउण्डेशनमार्फत पनि सामाजिक क्षेत्रमा क्रियाशिल छिन् ।

पुर्णतारा फाउन्डेसनद्धारा निर्माण गरिएको उक्त गीतको शव्द, स्वर, संगीत, अभिनय स्वयं रोकायाको रहेको छ । गाभरमा छायांकन गरिएको भिडियो निर्मल कुमार बुढाले छायाकंन गरेका हुन् भने भिडियो निर्देशन, सम्पादन विपिन खडकाले गरेका हुन् । भिडियो उज्यालो एचडि टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

अश्लिल र भड्किला शब्दहरुसहितका तीज गीतहरु सार्वजनिक भइरहेको परिवेशमा रोकायाले मौलिकपन झल्कीने गीत प्रस्तुत गरेकी छिन् । तिजमा माइत जान नपाउँदा चेलीले भोग्नु परेको वास्तविक पिडालाई गीत, संगीतसँगै दृश्यावलोकन गराइएको छ । तीज गीतमा नेपालगञ्जका प्रतिष्ठीत महिलाहरु पनि समावेश छन् ।

तीज गीत गाउनु आफनो रहरमात्र नभइ परम्परागत संस्कृतीलाई संरक्षण र सम्वद्र्धन गर्ने उद्येश्य रहेको पनि उनले सुनाइन । “साह्रै पिर पर्दो रहेछ” तीज गीत सुनेर, यू ट्यूव हेरेर हौसला बढाइ दिन हुन् पनि रोकायाले सबैमा अपील गरिन् । खोज खबरबाट साभार 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 341

प्रतिक्रिया (०)

सम्बन्धित खबर