Aamsanchar

जीप दुर्घटना हुँदा पाल्पामा २ जनाको ज्यान गयो, ६ जना घाइते

Author Image
बुधवार, साउन २८, २०७७

प्रतिकात्मक फायल तस्वीर

पाल्पा । पाल्पाको निस्दीमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ ६ बजेतिर गल्धाको पटकसर नजिकै दुर्घटना भएको निस्दी गाउँपालिका ४ का वडा सदस्य रनबहादुर गाहाले जानकारी दिनुभयो ।

दुर्घटनामा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुरप्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै ज्यान गएको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालले जनाएको छ ।

गाडीमा चालकसहित १० जना रहेको स्थानीयले जनाएका छन् । दुर्घटनामा निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु , ३६ वर्षीया सेरमती सारु , २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षीया सिर्जना गाहा, निस्दी ४ मित्याल , काफलका २२ वर्षीया विष्णुमाया सारु घाइते भएका छन् ।

घाइतेहरुको उपचारका लागि सदरमुकाम तानसेन पठाएको जनाइएको छ । जीप सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । दुर्घटनापछि चालक र सह–चालक फरार रहेको जनाइएको छ ।

नेपालमा बर्षेनी अकालमा ज्यान उमाउनु पर्ने एक कारण सवारी दुर्घटना मुख्य रहेको छ । असजिला बाटो र कतिपय लापर्वाहीका कारण धेरै दुर्घटना हुने गरेको तथ्याङक रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर