Aamsanchar

मेचीनगरमा चिकित्सकसहित थप चारजनामा कोरोना संक्रमण, आम्दा मेची अस्पताल बन्द

Author Image
बिहिवार, साउन २९, २०७७

मेचीनगर ।  मेचीनगर नगरपालिकाले आफ्नोक्षेत्रभित्र  बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा नोवल कोरोना  संक्रमण भेटिएको छ ।

मेचीनगर नगरपालिका क्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड १९ संक्रमणको परीक्षण भै रहेका बखत श्रावण २४ गते भएको परीक्षणमा थप ४ जनामा कोभिड १९ को संक्रमण देखिएको हुदाँ समुदायस्तरमा पीसीसआर परीक्षणको दायरा वढाई समुदायलाई सुरक्षित राख्न  मेचीनगर नगरपालिका क्षेत्र भित्र श्रावण २८ गते रातको १२बजेदेखि २०७७ भाद्र ३ गते रातको १२ वजेसम्म संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार लकडाउन घोषणा गरिएको छ ।

आम्दा मेची अस्पताल बन्द

मेचीनगर १० स्थित आम्दा मेची अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरिएको छ । अस्पतालमा कार्यरत एकजना चिकित्सकमा  कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेपछि उपचारका सवै सेवा बन्द गरिएको हो । हाल ती चिकित्सकलाई व्यवस्थितरुपमा अस्पतालकै अलग कोठामा राखिएको छ ।

नगरपालिकाले विगत १० दिनअघिदेखि आम्दा अस्पतालमा पुगेर उपचार गराउनेहरुको पहिचान गरी पीसीआर परीक्षणका लागि नमूना संकलन गर्ने बताईएको छ ।

झापाको मेचीनगर नगरपालिकामा चिकित्सकहित दोस्रोपटक समुदायमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेको छ । केहीदिन अघि मेचीनगर—१० धुलावारी बजारका १५ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो ।

त्यस लगत्तै संक्रमित युवाका परिवार सहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका लागि १ सय २ जनाको थ्रोड स्वावको नमूना संकलन गरिएको थियो ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले समुदायस्तरमा गएको शनिवार नमूना संकलन गरी परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको थियो । ती मध्ये मेचीनगर १० स्थित आम्दा मेची अस्पताल धुलावारीमा कार्यरत एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेको सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिनुभयो । वरालका अनुसार मेचीनगर ७ का एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

उनी नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । यस अघि संक्रमित देखिएका मेचीनगर १० का १५ वर्षीय किशोरका परिवारका २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी विदामा घर आएका हुन् । बाकी ५ जनाको रिपोट आउन बाकी छ ।

बुधबार पुष्टिभएका ४ जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ । चिकित्सक सहित समुदायस्तरमा एकै पटक ४ जनामा कोरोना संक्रमण देखिए पछि आगामी रणनीति बनाउन मेचीनगर नगरपालिको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मिसँग छलफल गरेको कार्यदलका संयोजक एवम् नगरप्रमुख विमल आचार्यले जानकारी दिनुभयो ।

यसअघि समुदायमा कोभिड १९ को सक्रमण देखापरेपछि नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको सम्पन्न बैठकले नगरका ९ र १० का सबै क्षेत्रमा हिडडुलमा समेत कडाइ गरिएको थियो

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर