Aamsanchar

झापाको अर्जुनधारामा तराई–मधेश समृद्धी आवास निर्माण

Author Image
आइतवार, साउन ३२, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ मा विपन्न वर्ग समुदायका लागि आवास निर्माण गरिएको छ ।

नेपाल सरकार स्थानीय तहको साझेदारीमा तराई–मधेश समृद्धी आवास कार्यक्रम अन्तरगत नेपाल सरकार र अर्जुनधारा नगरपालिकाको साझेदारीमा आवास निर्माण गरिएको हो ।

गत आर्थिक बर्ष २०७६ चैत्र ७ गते बाट ७० लाख प्रस्थावित बजेटमा निर्माण सुरु भई चारवटा बल्कमा आवास तयार पारिएको छ । यसै आर्थिक बर्षको असार ३ गते ‘तोकिएकै समयमा निर्माणकार्य सम्पन्न गरिएको’ अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले जानकारी दिए ।

आर्थिक सामाजिक रुपले पछाडी परेका वर्ग समुदायलाई संरक्षण सहयोग गर्दै माथी उठाउने उदेश्यले सुरु भएको कार्यक्रम झापा लगायत तराईका २१ जिल्लाका स्थानीय तहमा ‘तराई–मधेश समृद्धि कार्यक्रम’ सुरु भएको छ । मानव विकास सूचांकमा पछाडि परेका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत योजना सञ्चालन गरी जनताको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रम हो ‘तराई–मधेश समृद्धि कार्यक्रम’ ।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत संचालन अघि बढाइएको कार्यक्रमबाट झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका २७६ स्थानीय तहमा कार्यक्रम लागू हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
तराई–मधेश समृद्धि योजना कार्यान्वयन गर्न दुई अर्ब बजेट छुट्ट्याएको छ ।

तराई–मधेश समृद्धि कार्यक्रमबाट ९० प्रतिशत बजेट आउँछ भने स्थानीय तहले १० प्रतिशत बजेटको जोहो गर्नुपर्छ । उपभोक्ता समितिले योजना सञ्चालन गर्ने हो भने उसको १० प्रतिशत लागत सहभागिता हुनुपर्ने कार्यविधिमा उल्लेख छ।

स्थानीय तहले २५ लाखभन्दा धेरै लागत लाग्ने ठूला योजना छनौट गर्नुपर्छ । अनुदान रकम जथाभावी खर्च गर्न पाइँदैन। कार्यसम्पादन हेरेर जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले तीन किस्तामा योजनाको रकम निकासा गर्ने कार्यविधिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर