Aamsanchar

ईसेवाद्धारा फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग

Author Image
आइतवार, साउन ३२, २०७७

काठमाडौं ।  नेपाल फोटो पत्रकार महासंघलाई ईसेवाले १ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेकोछ । उक्त परिणामको प्रेस ज्याकेट ईसेवाका प्रमुख बजार ब्यवस्थापक युवराज विष्टले काठमाडौंमा आईतबार महासंघका केन्द्रिय अध्यक्ष ध्रुब आलेलाई एक संक्षिप्त कार्यक्रमका विच हस्तान्तरण गरेका थिए ।

कोरोना महामारिले निम्त्याएको लकडाउनको अवस्थामा फोटो खिच्न कार्यक्षेत्रमा जानैपर्ने फोटोपत्रकारको पेशागत दयित्वका कारण प्रेस ज्याकेटको माग बढेपछि महासंघले विभिन्न संस्थाहरुसंग सहयोग जुटाउन पहल गरेको हो ।
महासंघले जिल्ला तथा प्रदेशबाट माग भईआएको विभिन्न परिणामको प्रेस ज्याकेट, मास्क र सेनीटाईजरहरु कार्यक्षेत्रमा सक्रिय फोटोपत्रकारहरुलाई उपलब्ध गराउदै आएकोछ ।

कार्यक्रममा एफवन सफ्ट ईन्टरनेसनलका सीओओ शिशिर पछई लगायतको उपस्थिती रहेको थियो भने महासंघको तर्फबाट केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ , केन्द्रीय महासचिव हरिप्रसाद रेग्मी, केन्द्रीय सहसचिव नरेश श्रेष्ठ र काठमाडौं शाखाका सचिव किरण पन्थ लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर