Aamsanchar

बाढीले बगाउदा १७ बेपत्ता, ४ जनाको शव भेटियो

Author Image
बुधवार, भदौ ३, २०७७

काठमाडौं । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता बनाएको छ । बाढीले बगाएका ४ जनाको शव फेला परेको रामाशोसन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले रातोपाटीलाई जानकारी दिइन् ।

बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ । बेपत्ता १७ जनाको पहिचान खुलिसकेको उपाध्यक्ष रावलले बताइन् ।

बाढीले २२ घर बगाएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको उद्धार टोली जाँदै छ । स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धार टोली रामारोशन पठाउने तयारी गरिरहेको छ ।

बाढीले बगाउँदा वर्ष ४० का हिक्मत शाही घाइते भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर