Aamsanchar

तेह्रथुम अदालत परिसरमा ४१ जनाको स्वाब परिक्षण गर्दा ११ जनामा कोरोना पेजेटिभ

Author Image
बिहिवार, भदौ ४, २०७७

तेह्रथुम ।  तेह्रथुम जिल्ला अदालतमा कार्यरत ८ कर्मचारी कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। जिल्ला अदालतका ८ कर्मचारी, २ जना कर्मचारीको परिवार र एक कानुन व्यवसायीमा पनि कोरोना संक्रमण भएको जानकारी अदालतले दिएको छ।

जिल्ला अदालत परिसरमा हालसम्म ४१ जनाको स्वाब संकलन गरिएकोमा ११ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला अदालतका श्रेष्तेदार पारसमणि पोखरेलले बताए। अदालत परिसरमा गरिएको परीक्षणमा थप एक जना कानुन व्यवसायीलाई समेत संक्रमण पुष्टि भएको हो।

उनीहरूमध्ये दुई जनामा लक्षण देखिएपछि शंका लागी परीक्षण गरिएको थियो। उनीहरु दुवैको रिपोर्ट पोजेटिभ आएपछि उनीहरूसँगको सम्पर्कमा पुगेका अन्यलाई पनि परीक्षण गरिएको थियो। बिहीबार ९ जनाको पोजेटिभ रिपोर्ट आएको हो भने अन्य २ जनाको यसअघि नै आईसकेको  थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर