Aamsanchar

वालिका बलात्कारमा संलग्न मोरङ सिजुवाका एक युवक पक्राउ

Author Image
शुक्रवार, भदौ ५, २०७७

संकेतिक तस्वीर

मोरङ । वालिका बलत्कार गरेकोे अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका २० वर्षीय अभिषेक राजवंशी रहेका छन् । उनलाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेपछी प्रहरीले पक्राउ गरेको हो । बालिका बलात्कारमा संलग्न राजवंशीलाई इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायव निरीक्षक मोती कटुवाल नेत्रृत्वको टोलीले पक्राउ गरेको हो । बालिबालाई रतुवामाई–७ मसानघाटमा लगेर राजवंशीले बुधबार साँझ ललाईफकाई बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार रक्तश्राव नरोकिएर बलात्कृत बालिका बेहोस समेत बनेकी थिइन् ।

उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य बन्ने क्रममा रहेको उनको भनाइ छ । उपचारका क्रममा बालिकालाई दुई पिन्ट रगतसमेत चढाउनु परेको थियो ।

बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भए पनि कानुनले बलात्कार मानेको छ । राजवंशीले यसअघि पनि बालिकामाथि बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ । तर कसैलाई पनि नभन्न दबाब दिएका कारण बालिकाले यसअघिको घटना अभिभावक र आफन्तलाई नसुनाएको पाइएको डीएसपी राईले बताए । राजवंशीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन प्रहरीले शुक्रबार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर