Aamsanchar

मोरङको शुन्दर हरैचा सिल गर्ने तयारी

Author Image
शनिवार, भदौ ६, २०७७

मोरङ। मोरङको सुन्दरहरैचा नगरपालिकामा कोरोना संक्रमित व्यक्तीको संख्या समुदाय स्तरमा समेत बढ्दै गए पछी नगरपालिका शिल गर्ने तयारीमा पुगेको छ । सुन्दरहरैचा नगरपालिकामा हाल सम्म ९१४ जना स्वाब संकलन गर्दा ३२ जना व्यक्तीमा कोरोना संक्रमण पुष्टी भईसकेको छ । जसमा २२ जना पुरुष छन भने १० जना महिला कोरोना संक्रमित छन । ३२ मध्ये १५ जना कोरोना सक्रमणबाट निको भएर घर फर्किसकेका छ ।

समुदाय स्तरमा कोरोना फैलिदै गएपछी कोरोना भाइरस सक्रमंण रोकथामको लागि सुन्दरहरैचा नगरपालिकाले श्रावण २१ गते देखी बन्दाबन्दी गर्ने निर्णय गरेको थियो । तर नगरपालिकाले आह्वान गरेको बन्दाबन्दीको समय भाद्र ०७ गते रातको ११ः५९ बजे समाप्त हुँदैछ । बन्दाबन्दीको समय सकिनै लाग्दा अझ जोखिमा बढ्दै गएको कारण भाद्र ०७ गते राती देखी नगर शिल गर्ने तयारीमा लागेको नगरपालिका स्रोतले जनाएको छ । शिल गर्ने या यही अवस्थामा बन्दाबन्दीलाई अझ कडाईका साथ लागु गरेर अगाडी बढ्ने नगर कार्यपालिकाको बैठकको निर्णय पश्चात मात्र जानकारी हुने नगर स्रोतले बताएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 323

प्रतिक्रिया (०)

सम्बन्धित खबर