Aamsanchar

विमा कम्पनीले झुलाए पछि खबरदारी गरिदिन सरकार समक्ष कृषक भारतीले गरे आग्रह

Author Image
आइतवार, भदौ ७, २०७७

झापा ।  झापा जिल्लाको बुद्धशान्ति स्थित जयपुरमा विनाय कृषि फर्म संचालक अर्जुनधारा–५ का धनकुमार भारती (सञ्जु) ले ४५ बिघा क्षेत्रफलमा लगाएको उखु सुकेर गएको छ ।

उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन हुँदा उखुका बोट (लाक्रा) सुक्न थालेसँगै यतीवेला कृषक भारती बैंकको ऋणका र लगाएको वाली सखाव भएकाले चिन्तामा परेका छन । कोरोना भाइरसको सक्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन लम्बिँदै जाँदा आफूले उत्पादन गरेको ग्यामेरा प्रजातिको जुस बनाउने उखु बिक्री गर्न नपाएको भारती बताउछन । हाल देशव्यापी लकडाउन खुल्ला भएपनि स्थानिय निकायले गरेको लकडान जारीनै छ सहरबजार लगभग सुनसान नै छन ।

भारती भन्छन् ‘उखँु काट्ने समयमा एक महिनासम्म बन्द हुँदा उखुका लाक्रा खेतमै सुके ‘४५‘ बिघा क्षेत्रफलमा लगाएको सुकेका उखु काटेर फाल्न पनि अब सक्ने अवस्था रहेन, लकडाउनले मजदुरसमेत पाइँदैन। खर्च पनि छैन’ । उखुँ खेतीबाट झण्डै ५० लाख रुपैयाँ आम्दानी गरौँला भन्ने थियो । अब त आस हरायो धेरैजसो सुकेर ढलीसके ढल्न बाँकी रहेका उखुँमा बर्खाका कारण पानी चढेर खाई नसक्नुको भएको छ । बिक्री त परैजावोस् कसैलाई सित्तैमा दिदा पनि खादैनन । यो झरी कम हुने कित्तिकै आगो लगाउनु बाहेक अरु केही विकल्प छैन भन्दै भारतीले दिखेसो पोख्छन् ।

सरकारले कृषकको हितको लागि भरेर गरेको विमा अनुदान लगानी पनि बालुवामा पानी हाले झै हुने हो की भनेर अर्को चिन्ता दर्साउछन । भारतीले ४५ विघामा लगाईएको उखुँ खेतीको १ करोडको विमा गरेका छन् । सरकारले ७५ प्रतिशत र आफूले २५ प्रतिशतमा गरेको विमा वापतको पैषा पाउन फलामकै चिउरा चपाउनु जस्तो भएको दुखेसो गर्छन । विमा कम्पनीका कर्मचारीले झुलाउने काम गरिरहेका छन धाउदा धाउदा हैरान नै भए सरकारले राम्रो निती ल्यायो तर निगरानी कार्यनयन नगरिदा कृषकहरुले दुख व्यहोर्नु परिरहेको छ । यो कोरोना संकटको बहानामा विमा कम्पनीबाट दुःख दिने काम भईरहेको छ । निगरानी र कार्यनयन गरिदिन सरकार समक्ष भारतीले आग्रह पनि गरेका छन ।

लामो समयदेखि व्यावसायिक उखु खेती गर्दै आएका भारती झापामा जुस बनाउने उखु खेती गर्ने अगुवा कृषकका रूपमा चिनिन्छन् । उनले करिव २५ बर्ष अघिदेखि उखु खेती गर्दै आएका हुन् । जुसका लागि उनले उत्पादन गरेको उखु झापाका बजारसहित काठमाडौं, पोखरासम्म पुग्ने गरेको थियो । तर, लामो समयसम्म मुलुक लकडाउन हुँदा उनले समयमा उखु बिक्री गर्न सकेनन् ।

विगतमा नेपालमा मागहुने उखुँ भारतबाट आउने गरेको थियो, अरबौ रुपैया भारत जाने गरेको तितो अवस्थालाई चिर्दै झापाबाट उत्वादनहुने उखुँकका कारण भारतबाट उखुँ आयात हुन छोडेको, नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने काम उखुँ कृषक व्यवसायीले गरेको आफूलाई गर्वमहसुस भएको भारती बताउछन् । भारती झापाका एक उत्कृष्ठ कृषकहुँन उनले सिजनको वेला हरेक दिन एकसय भन्दा धेरै कृषि मजदुरलाई रोजगारी दिने रोजगार दातामा पनि पर्छन् ।

झापामा व्यवसायिक रुपमा धेरै क्षेत्रफलमा उखुँखेती गर्ने कृषकहरु आधा दर्जन जतिछन भारतीको जस्तै सबैको समस्या उस्तै छ ।

यसरी दुःख पोखेका छन भारतीले ( भिडियो हेर्नुहोस् ) 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर