Aamsanchar

नेपालमा निम्न स्तरको सब्जी मानिन्छ, तर बहुउपयोगी रहेछ कच्छु

Author Image
बुधवार, भदौ १०, २०७७

कर्कलो गाउँघरमा सहजै पाइने एक प्रमुख तरकारी हो। यो प्रायस् नेपालका सबैजसो ठाउँमा पाइन्छ। कर्कलोको वैज्ञानिक नाम कोलोकेसिया एस्क्युलेन्टा हो। कर्कलो वनस्पती जगतमा पर्ने फूल फुल्ने सब्जी हो। भारतीयहरुले यसलाई अर्बी भनेर चिन्छन्।

कर्कलो अथवा कच्छु एक प्रकारको पिंडालु जस्तो कन्दमुल हो, जुन स्वास्थ्यका हिसाबले निकै पोसिलो मानिएको छ। प्रशस्त मात्रामा सल्फर, एमोनिया, नाइट्राइट, जिंक आदि पाइने कर्कलो केही नफल्ने सेब्जिलो जग्गामा पनि मज्जाले खेती हुने कन्दमुलरतरकारी हो। नेपाल मात्र नभई विश्वका धेरै देशमा यो सब्जी किन्न पाइन्छ। क्याल्सियम अल्जालेट पर्याप्त पाइने यो सब्जीमा म्याग्नेसियम, युरिक एसिड र केही प्रतिशत सिस्टिन समेत पाइन्छ।

समयसमयमा कर्कलो खाने गर्नाले रक्तअल्पता हुनबाट पनि जोगिन्छ।नेपालमा कर्कलोलाई एक निम्न स्तरको सब्जी मानिन्छ र खासै खाने गरिँदैन। बारीमा जताततै हुँदा पनि यसको महत्व नबुझ्दा त्यत्तिकै सुकेर गएको हुन्छ। पकाउन नजान्दा कोक्याउने हुँदा पनि मानिसले अपहेलना गरेको हुनुपर्छ। महत्व बुझ्न सके र विभिन्न परीकार बनाउन जाने यसलाई एक डाइनामिक सुपर फुडको रुपमा लिन सकिन्छ ।

भिटामिनले भरिएको कर्कलो, यसको गानो र पातबाट नै  परिकार बन्छन्। कर्कलो नियमित सेवनले शरीरको वजन घटाउन, मुटुसम्बन्धी समस्या कम गर्न, डाइबिटिज हुनबाट बच्न, हाइपरटेन्सन कम गर्न निकै उपयोगी मानिएको छ। त्यति मात्र नभई इम्युनिटी पावर (रोग प्रतिरोधात्मक शक्ति) बढाउन,क्यान्सरबाट बच्न,स्वस्थ आँखाको लागि, खाना पचाउन, उच्च रक्तचाप सन्तुलन गर्न, नर्भसनेस हटाउन, भ्रुण बचाउन, हड्डी मजबुत बनाउन, छालाको सुरक्षा गर्न यो वनस्पती अति नै उपयोगी साबित भएको छ।

महिलाको लागि त झन् कर्कलो नियिमत नै दिँदा राम्रो हुन्छ। सब्जी प्रयोग गरेर नेपाली खाना, यसको गानो हालेको मासको दाल निकै स्वादिलो र स्वास्थ्यवर्धक हुन्छ। विदेशीले पनि पिँडालु हालेको मासको दाल निकै चाख मानेर खान्छन्। यसले दाललाई चिप्लो मात्र बनाउँदैन, एक किसिमको छुट्टै स्वाद थपिदिएको हुन्छ। अझ सो दाललाई नेपाली घ्युमा जिम्बु झानेमा अति नै उत्तम हुन्छ। विदेशतिर कर्कलोका विभिन्न सुप, सलाद जस्ता स्वस्थकर खाना तयार गरिन्छ। कर्कलोमा हुने क्याल्सियम अक्जालेट क्रिस्टलले गर्दा मानिसलाई कोक्याउँछ। नकोक्याउने बनाउँदा शरीरलाई हानि गर्ने यसको अक्जालेटको सेफ लेभलमा झरिसकेको हुन्छ। कर्कलोमा प्रशस्त आइरन पाइने हुँदा गर्भवतीका लागि उत्तम मानिन्छ। काटेको ठाउँमा रगत रोक्नका लागि पनि कर्कलोको डाँठको रस प्रयोग गरिन्छ र आयुर्वेदमा पनि यसको प्रयोग व्यापक गरेको पाइन्छ। छालामा रक्तसञ्चार नदेखिँदा इरिटेसनमार्फत रक्तनली खोली रातो पार्ने उपचारको प्रयोजनका लागि पनि कर्कलो उपयोगी मानिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1845

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१