Aamsanchar

प्रदेश १ मा १ सय ८ संक्रमित थपिए

Author Image
बुधवार, भदौ १०, २०७७

झापा ।  देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भए मध्ये  प्रदेश १ मा बुधबार १ सय ८ संक्रमित थपिएका छन् ।

मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा बुधबार ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बूढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ महिला ९ पुरुष, इनरुवामा १ महिला ३ पुरुष, बर्जुमा १ महिला २ पुरुष, दुहवीमा २ पुरुष , धरानमा १ महिला, झापाको दमकमा ६ महिला ९ पुरुष, र गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ ।

उता तेह्रथुमको म्याङलुङमा ४ महिला ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ ।

प्रदेश १ मा बुधबार ८१ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ३८५ पुगेको छ । प्रदेश १ मा बुधबार १ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार बुधबार सम्म ८२ हजार १०२ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर