काठमाडौं । सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ ।
पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको नयाँ उडान तालिकाअनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पूर्ण पालना गर्नुपर्नेछ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।
- पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य
- सबै यात्रुको पिसिआर नेगेटिभ भए सोझै घर जान पाइने
- अनलाइन फाराम अनिवार्य
- फाराम भएका र नभएका यात्रु मिसाउन नपाइने
- कोरोना परीक्षण नगरेका यात्रु ल्याए कारबाही
- विदेशी यात्रुको हकमा परिचयपत्र अनिवार्य
- भिसाको जिम्मा अध्यागमनलाई
- नियुक्तिपत्रवाहकलाई छुट
- स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 173