Aamsanchar

निन्दा सिरानमा पुग्दा

Author Image
आइतवार, भदौ १४, २०७७

कोरोना महामारीका बीच बाहुनडाँगीको गाडागल्ली, कृष्ण थुम्की हुँदै काँकडभिट्टाबाट २२ किलोमिटर उत्तर झापा र इलाम जिल्लाको सिमानाका दुई छाँगा गर्मी छल्न चाहने आन्तरिक पर्यटकका लागि निन्दा सिरान नयाँ गन्तव्य भएका छन् ।
निन्दा सिरान भनेर चिनीने निन्दा नदीको मुहानमा अवस्थित ती छाँगामा झापाका युवायुवती दिनहुँ सयौँको सङ्ख्यामा नुहाउन र रमाईलो दृष्य हेर्न जानेको संख्या  ह्वात्तै बढेको छ ।


झापामा गर्मी बढेको हुँदा छाँगाको चिसो पानीमा जल क्रीड़ा गर्नेहरूको भीड लाग्ने गरेको मेचीनगर–१ बाहुनडाँगीका वडाध्यक्ष पासाङ तामाङले बताउनुभयो । झापाबाट इलामको जिर्मले जाने सडक बनाउँदा स्थानीयले हालै ती छाँगाहरु पहिल्याएका थिए ।

यहाँका दुई वटा छाँगा एक किलोमिटरको अन्तरमा छन् । एउटा इलामबाट झापाको भूमिमा पानी खस्छ भने अर्को इलामकै रोङ गाउँपालिका–६ मा रहेको छ ।
छाँगामा झुम्मिएको भीडले कोभिड–१९ को कहरको पनि वास्ता नगरेको र स्थानिय सरकारले पनि यो अवस्थालाई नियंत्रित गर्न सकेको छैन ।
ठाऊँ–ठाऊँमा खोलाको पानी रोकर स्विमिंगपूल जस्तो बनाइएको छ भने छाँगा नजिकै निन्दा नदीमा जिर्मले र सलकपुरलाई जोड्ने झोलुङ्गे पुल पनि छ । त्यहाँ पुग्ने आन्तरिक पर्यटक गर्मी छल्न छाँगामा रुझ्ने र झोलुङ्गे पुलमा फोटो खिचाउने गर्छन् ।

एउटै स्थानिय निकाय भित्र पर्ने गरेकोले “लकडाउनका कारण चिसो ठाउँमा घुम्न जाने आन्तरिक पर्यटक नै यहाँ आउने गरेका छन्”, “यही गर्मीको मौसमदेखि प्रख्यात भएको यो ठाऊँ र प्राकृतिकरुपमै सुन्दर रहेको सो स्थानमा आउने आन्तरिक पर्यटकका कारण यो स्थान अब पर्यटकीय क्षेत्रमा रुपान्तरित हुन थालेको छ। अरु समय सुनसान रहने सडकमा टेम्पो, जीप र निजी सवारी साधन को चाप बढेको छ भने स्थानिय युवा हरुले पार्किंग शुल्क समेत लिने गरेको पाइएको छ।

पर्यटको भीड बढे देखी खोल र छाँगामा प्लास्टिकका बोतल, मदिराको बोतल लगायतका फोहर पनि चुनौती बनेको छ, यसको उचित व्यवस्थापन गर्दै झापाको मेचीनगर नगरपालिका र इलामको रोङ गाउँपालिकाले संयुक्त रूपमा व्यवस्थित गर्ने हो भने दुई जिल्लाको सिमानामा रहेको छाँगा सुदूरपूर्वकै नमूना पर्यटकीयस्थल बन्न सक्नेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 429

प्रतिक्रिया (०)

सम्बन्धित खबर