Aamsanchar

एकै दिन ४ बच्चालाई जन्म दिने अरमानाको मृत्यु

Author Image
बुधवार, भदौ १७, २०७७

जनकपुर । जनकपुरधामस्थित एक नीजि अस्पतालमा मंगलबार चार बच्चा जन्माएकी एक आमाको बुधबार दिउँसो मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ स्थित जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति शल्यक्रियामार्फत एकै पटकमा चार बच्चालाई जन्म दिएकी थिइन् । एकैपटकमा चारवटा बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो ।

उनको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएपछि मंगलबारदेखि नै गम्भिर रहेको डा। जय यादवले जानकारी दिए । उनको उपचार भेन्टिलेटरमा राखेर भइरहेको थियो ।

यो पनि पढनुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर