Aamsanchar

झापामा थप २६ जनामा कोरोना पुष्टि

Author Image
शुक्रवार, भदौ १९, २०७७

झापा । झापामा गत २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थप २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार संक्रमितहरु मेचीनगर नगरपालिका वडा नं. ७ र १० का ४ पुरूष, झापा गाउँपालिकाका वडा नंं. १ का ३ जना पुरुष, गौरीगन्ज गाउँपालिका वडा नं. ५ का १ जना पुरुष, दमक नगरपालिका वडा नं. ६, ७ र ८ का ३ महिला र २ जना पुरुष, कन्काई नगरपालिका वडा नं. ३ र ५ का ८ जना पुरुष र २ जना महिला, भद्रपुर नगरपालिकाक २ जना प्रहरी र कचनकवल गाउँपालिका वडा नं. ७ का १ पुरुष रहेका छन् ।

जसमा ७ महिला र १९ जना पुरुषहरु रहेका छन् । झापा गाउँपालिकाक र कचनकवलका संक्रमितहरु भारतबाट आएका हुन् भने अन्य सबै जना स्थानीय बासिन्दा रहेको चौलागाईंले बताए । यो संगै झापामा कुल संक्रमितको संख्या ६४१ पुगेको छ र ४८१ जना डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर