Aamsanchar

शनिबार थप १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Author Image
शनिवार, भदौ २०, २०७७

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको उनले बताए ।

यसैगरी कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् । यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर