Aamsanchar

नेपाली सेनाको ब्यारेक परिषरमा रहेको मन्दिर समुदायलाई हस्तान्तरण

Author Image
आइतवार, भदौ २१, २०७७

चारआली । झापाको चारआलिस्थित नेपाली सेनाको ब्यारेक परिषरमा रहेको मन्दिरको ब्यबस्थापन वा सम्बर्धन अब स्थानीय नागरिकले गर्ने भएका छ्न् ।

यसअघि बसिंहेश्वर शिबालय तथा बर्दबाहिनिदेबी मन्दिरको संरक्षण तथा सम्बर्धन नेपाली सेनाले नै गर्दैआएकोमा यो बर्षदेखि स्थानीय नागरिकले सम्बर्द्धन गर्ने जिम्मा पाएका हुन् । मन्दिरको चौतर्फी बिकासका लागी नयाँ कार्यसमितीसमेत गठन गरेको छ ।

पुर्बपश्चीम लोकमार्गको दक्षिण छेउमा रहेको सिंहेश्वर शिबालय तथा बर्दबाहिनिदेबी मन्दिर संरक्षण तथा सम्बर्धनका लागि उद्दब शिवाकोटीको अध्यक्षतामा ९ नौ सदस्यीय ब्यबस्थापन समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा बद्री महत, सचिबमा लक्ष्मण कार्की , कोषाध्यक्षमा दुर्गा सापकोटा र सदस्यमा रिता गौतम शेर्मा, नेपाली सेनाकाे श्रीनाथ गणका सेनानी ज्ञानबहादुर बस्नेत, प्रहरी चौकी चारआलिका इन्चार्ज किरणकुमार राई, पदम थेबेलाई चयन गरिएको छ ।

समाजसेबि यमकान्त प्याकुरेल र बद्री महतको अगुवाइमा उक्त समिति गठन गरिएको हो । नेपाली सेना चारआली ब्यारेकका अम्बरजंग थापाले सहजीकरण गरेको कार्यक्रममा नवगठित अध्यक्ष शिवाकोटीले सिंहेश्वर शिबालय तथा बर्दबाहिनिदेबी मन्दिरको ब्यबस्थापनमा सबैले चासो दिन आग्रह गरेका थिए ।

मन्दिरको चारैतिरको प्रवेशद्वारमा गेट निर्माण, टुटेफुटेका टाइल्स मर्मत, मन्दिरको बाहिर भाग चौडा बनाउने लगायतका बिषयमा ध्यानदिने उपाध्यक्ष महतको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर