Aamsanchar

आइतबार झापामा चार पालिकाका ३२ जनामा कोरोना पुष्टि

Author Image
आइतवार, भदौ २१, २०७७

बिर्तामोड। आइतबार झापामा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

झापाका चार स्थानीय तहहरु मेचीनगर, बिर्तामोड, कमल र कनकाईका गरि ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमित हुनेहरुमा मेचीनगर–६ र ७ नम्बर वडामा एक महिलासहित पाँच जना रहेका छन् । उनीहरुमध्ये दुई जना सुरक्षाकर्मी र तीन जना भारतबाट आएका बताईएको छ ।

त्यस्तै, बिर्तामोड–३, ५, ६ र ९ नम्बर वडाका १२ स्वास्थ्यकर्मी र तीन जना स्थानीयमा कोरोनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरुमध्ये एक÷एक जना कनकाई–३ र अर्जुनधारा–१० का स्वास्थ्यकर्मीसमेत रहेका छन् । संक्रमित नौ वर्षदेखि ४७ वर्षसम्मका छन् ।

कमल–३ नम्बर वडाका तीन महिला सहित ११ जना स्थानीय रहेका छन् भने कनकाई–३ की एक स्थानीय महिला रहेकी छन् । उनको आजै मृत्यु भएको छ ।

झापामा शनिबारसम्ममा २१ हजार ९५५ जनाको पिसिआर स्वाब संकलन गरिएको छ । जिल्लामा कूल संक्रमितको संख्या ६७६, उपचारपछि डिस्चार्ज ४८१ र हिजोसम्म आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १६६ रहेको छ भने मृत्यु हुनेको संख्या दुई पुगेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर