Aamsanchar

‘फिक्कल अस्पतालमा रक्त युनिट संचालन गर्ने’

Author Image
सोमवार, भदौ २२, २०७७

कन्याम ।  ५८औं रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी कन्याम उपशाखाको आयोजनामा रेडक्रस तथा रक्तसंचार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईको प्रमुख आथित्यता तथा उपशाखाका सभापति वेद प्रसाद गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा इलाम जिल्ला नेपाल रेडक्रस सोसाईटी सभापति शिव गौतम बिशेष आथित्यता रहेको थियो ।

कार्यक्रममा शाखाका कोषाध्यक्ष प्रेम गिरीले स्वागत मन्तब्य राखेका थिए भने शाखाका सहसचिब भुपाल खड्काले उपशाखाको प्रगति बिबरण र भावी कार्यक्रम पेश गरेका थिए ।

इलाम जिल्ला रेडक्रसका परामर्शदाता रोम आचार्यले रेडक्रस तथा रक्त संचार बारेमा प्रकाश पार्नु भएको थियो । जिल्ला शाखा सभापतिले जिल्ला शाखाको कार्यक्रमहरु बारे प्रकाश पारिएको कार्यक्रममा  उपशाखाले बिपदको बेला गर्ने मानविय सेवा, समय समयमा आयोजना गर्ने रक्तदानको कार्यक्रम, विद्यार्थीहरुको लागि विभिन्न शैक्षिक प्रतियोगितात्मक कार्यक्रम आदिलाई निरन्तरता दिंदै आगामी दिनमा नगरपालिका भित्रै रक्त युनिट संचालन, एम्बुलेन्स संचालन आदिको लागि राखेको जिज्ञासा माथि बोल्दै नगर प्रमुख आर. बि. राइले नगरपालिका रेडक्रस जस्ता संस्थाहरु सँग सहकार्य गरि आगाडी बढ्न तयार रहेको साथै स्तरोन्नति हुन लागेको फिक्कल अस्पतालमा रक्त युनिट संचालनको लागि कक्ष दिन सकिने बताउदै  नगरले संकलन गरिरहेको नगर प्रोफाइलमा व्यक्तिको रक्तसमुह समेत उल्लेख हुने हुँदा रगत चाहिएको बेला सहजरुमा रक्तदाता सँग सम्पर्क हुन सक्ने नगरप्रमुख राईले  जानकारी गराएका थिए ।

उपशाखाले गत आ.ब. मा प्रदेश सांसद बिकाश कोशबाट बिनियोजित रकमबाट आफ्नै भवनको मर्मत सुधारको काम सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर