Aamsanchar

रेल विभागले गर्यो काँकरभिट्टा–इनरुवा रेलमार्गको ठेक्का स्थगित

Author Image
मङ्गलवार, भदौ २३, २०७७

बिर्तामोड । जग्गा अधिग्रहण नगरी लगाइएको पूर्वपश्चिम रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्डको ठेक्का रोकिएको छ ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो ।

रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी हचुवाको भरमा  ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो ।

जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको थियो । जग्गा अधिग्रहण पनि नगरी हतारहतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ । रेलमार्गबाट प्रभावित हुने जनता पनि आन्दोलित छन् । तर, सरकार र प्रतिपक्ष दल भने यसमा मौन छन् ।

रेलमार्गअन्तगर्त बिर्तामोड सैनिकमोड आसपासका नागरिकले यसअघि जग्गाको मुअब्जाप्रति असन्तुष्टि जनाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसमक्ष विरोध प्रकट गरेका थिए । जग्गा अधिग्रहण नगरी ठेक्का लगाएकोमा देशभर विरोध भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर